Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

सनराइज बैंक लिमिटेडको चुरे शाखा बिस्तार

सनराइज बैंक लिमिटेडको चुरे शाखा बिस्तार

काठमाडौं १८ जेठ । सनराइज बैंक लिमिटेडले विहिबार कैलालीकोे चुरे गाउँपालिकामा आफ्नो नयाँ शाखा बिस्तार गरेको छ । चुरे गाउँपालिकामा गाउँपालिका अध्यक्ष धन बहादुर रोक्का मगर र बैंकका कर्पोरेट बैकिङ्ग बिभागका प्रमुख हरि प्रसाद आचार्यले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

साथै बैंकले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्देश्यका साथ आफ्नो २१ औँ शाखारहित बैंकिङ्ग सेवा गोकर्णेश्वरको सुन्दरिजलमा शुरू गरेको छ । उक्त शाखा रहित बैंकिङ्ग सेवाको उद्घाटन गोकर्णेश्वर नगरपालिका, वडा नं १ का अध्यक्ष राम मानन्धरले गरेका हुन् । सो अवसरमा शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट रमेश प्रसाद सिम्खडालाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरियो ।

बैंकले आफ्ना ग्राहकर्वगहरुलाई विभिन्न सुविधा दिने क्रममा हालै बचतखाताका ग्राहकहरुको लागि “स्वास्थ्य बीमा सुविधा” प्रारम्भ गरेको छ । उक्त बीमा अन्तर्गत सरकारी वा तोकिएको निजी अस्पतालहरुमा भर्ना भई उपचार गर्दा लागेको खर्च, बचत खातामा कायम रहेको वार्षिक औसत मौज्दातको २५ प्रतिशत वा. १ लाख रुपैयाँसम्मको खर्च सोधभर्ना प्रदान गर्ने तथा बैंकले देशभरका ७० भन्दा वढी तोकिएका निजी अस्पतालहरुमा स्वास्थ परिक्षण गराउंदा ५ देखि २० प्रतिशत सम्म छुट उपलब्ध हुने व्यबस्था मिलाइएको छ । बैंकले बचत खातामा रहेको मौज्दातको ४ गुणा वा ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा पनि प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x