बैंक तथा वित्तीय संस्थाबाट कृषिक्षेत्रमा प्रवाहित कर्जा ६ प्रतिशतले बढ्यो
काठमाडौं, १३ चैत । आर्थिक वर्ष २०७९÷८० को सात महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ६ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.६ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ४.२ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ९.६ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.४ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ६.१ प्रतिशतलेर उपभोग्य क्षेत्रतर्फको कर्जा १.५ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १३.९ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा २.५ प्रतिशतले र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) २.४ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ५६.२ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ०.७ प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा ७.१ प्रतिशतले र हायर पर्चेज कर्जा ९.९ प्रतिशतले घटेको छ ।