Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

बन्दीपुर केवलकारको आइपीओको विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट नियुक्त

बन्दीपुर केवलकारको आइपीओको विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट नियुक्त

काठमाडाैं, १५ चैत । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको प्रति शेयर अंकित मूल्य रु. १०० (अक्षेरुपी एक सय रुपैया मात्र) दरका २५,८०,००० (अक्षेरुपी पच्चीस लाख असी हजार मात्र) कित्ता साधारण शेयर प्रचलीत कानून बमोजिम सार्वजनिक निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ ।

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको कार्यालय हात्तिसार, काठमाण्डौमा आज आयोजित एक समारोहबिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत श्री देव राज अधिकारी र बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको तर्फबाट अध्यक्ष श्री राम चन्द्र शर्माले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे।

नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x