Date

सोम, असार २३, २०८२
Mon, July 7, 2025

एचआर मिट २०२३ मा ७ उत्कृष्ट अवार्ड : व्यक्तिगत तर्फ सुमन पाेखरेल

एचआर मिट २०२३ मा ७ उत्कृष्ट अवार्ड : व्यक्तिगत तर्फ सुमन पाेखरेल

काठमाडाैं, १७ चैत । मानव संसाधन व्यवस्थापन तर्फ उत्कृष्ट कार्य सम्पादन गर्ने व्यक्ति तथा संस्थाहरुलाई  अवार्ड प्रदान गरीएकाे छ । ग्रोथ सेलर्सले एचआर मिट २०२३ को एक कार्यक्रममाझ उत्कृष्ट ७ विधामा अवार्ड प्रदान गरिएकाे हाे ।

व्यक्तिगत तर्फ आइएमई ग्रुपका वरिष्ठ उपाध्यक्ष सुमन पाेखरेलले एक्सीलेन्स इन एचआर लिडरसिप अवार्ड पाएका हुन् ।

यस्तै संस्थागत तर्फ डावर नेपालले नेस्नल एचआर एक्सिलेन्स अवार्ड, एनसेलले एक्सीलेन्स इन एचआर इन्नाेभेसन एण्ड टेक्नाेलाेजी, स्ट्यान्डर चाटर्ड बैंकले एक्सीलेन्स इन इम्प्लाेइ एक्सपेरियन्स्, वल्डलिङ्क कम्युनिकेशनले एक्सीलेन्स इन लर्निङ एण्ड डेभलपमेन्ट, जावलाखेल ग्रुपअफ इन्डस्ट्रजले एक्सीलेन्स इन इन्डस्टियल रिलेसन र सेभ द चिल्ड्रेनले एक्सीलेन्स इन इम्प्लाेयर ब्रान्डिङ अवार्ड पाएका हुन् ।

यस्तै उक्त कार्यक्रममा ग्रोथ सेलर्सका अध्यक्ष मोहनराज ओझा  मानव संसाधन विद् मनोहर मान श्रेष्ठ द्वारा लिखित पुस्तक ‘द ग्रेट लिडरसिप’ पुस्तक विमाेचन समेत गरिएकाे छ ।

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *