Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

४ सय बढी कर्मचारी तलब भत्ता माग्दै आन्दोलित

४ सय बढी कर्मचारी तलब भत्ता माग्दै आन्दोलित

धनुषाको जानकी मेडिकल कलेजका सञ्चालकहरु सम्पर्कबिहिन भएका छन् । कलेजमा कार्यरत ४ सय २५ कर्मचारी तलब भत्ता माग्दै आन्दोलित भएपछि सञ्चालकहरु फरार भएका हुन् । कलेज सञ्चालक समितिका अध्यक्ष डिल्लीराज पौडेल तथा एमडी राजेश थापा लामो समयदेखि कलेज सम्पर्कमा नरहेको कर्मचारीहरुको भनाइ छ ।

जानकी मेडिकल शिक्षण अस्पतालमा कार्यरत कर्मचारीले विगत १४ महीनाको तलबभत्ता तथा ५० महीनाको सञ्चय कोष गरी रू. २८ करोड ५० लाख अविलम्ब दिनुपर्नेलगायतका ६ बुँदे माग राखी गत वैशाख २३ गतेदेखि धर्नामा बसेको कर्मचारी उमेश यादवले बताए ।

यादवका अनुसार २०७४ चैत १२ गते मेडिकल कलेजका सञ्चालक गणेश लामा र कामेश्वर साहबीच भएको सम्झौता कार्यान्वयन गर्नुपर्ने माग कर्मचारीको छ । कलेजको व्यवस्थापकिय लापरवाहीकै कारण १ सय २० जना कर्मचारीले राजिनामा दिईसकेका छन् । उनीहरुको राजिनामा स्वीकृत भएपनि अहिलेसम्म बाँकी तलब पाउन नसकेको यादवको भनाइ छ । कलेजका १ अर्ब रुपैयाँभन्दा बढी ऋण तिर्न बाँकी रहेको बताइएको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x