नेपाल जर्मन चेम्बर अफ कमर्सकाे २९ औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडाैं, २४ चैत । नेपाल जर्मन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीजकाे २९ औं वार्षिक साधारण सभा सम्पन्न भएकाे छ ।
‘इनोभेटिङ्ग फर ग्रोथ: हार्नेसिङ द पावर अफ अलायन्सेस’ भन्ने नाराका साथ शुक्रबार सम्पन्न सभाले २०२१/२२ र २०२२/२३/ मा भएका कार्यक्रम र हालसम्म भएका उपलब्धिहरुको समीक्षा गरेको थियो । चेम्बरको आर्थिक वर्ष २०७८/७९ को लेखा परीक्षित वासलातलाई बैठकले परिक्षण गरी स्वीकृत गरेको छ ।
२९ औँ वार्षिक साधारण सभाले नयाँ अध्यक्ष सन्तोष सी, कुँवर र ११ जना कार्यकारी समिति सदस्यहरू, उत्तम भट्टराई, श्री नरेशलाल श्रेष्ठ, समिक विक्रम शाह, भक्तबहादुर हमाल, एलेक्स लाल, मुक्तान, शुभाशीष थपलिया, तैजश सुन्दरलाल कक्षपति, राजुबाबु श्रेष्ठ, विप्लवमान सिंह, गोपालदास मानन्धर, झनक दत्त खनाललाई पनि चयन गरेको छ। साथै सभामा अध्यक्ष तथा कार्यसमितिले चेम्बरको कार्यकारिणी सदस्यमा अवधेशकुमार दास र राजीव मंगल जोशीलाई मनोनयन गरेको थियो ।
उक्त कार्यक्रमलाई सम्बाेधन गर्दै अर्थमन्त्री डा. प्रकाशसरण महतले अर्थतन्त्र थप संकटमा नजाओस् भनेर सरकार सजक रहेको बताएका छन् । अहिले अर्थतन्त्र अफ्ट्यारो अवस्थामा भएको र त्यसको लागि आफु आएको बताउँदै उनले अर्थतन्त्र लयमा फर्कने विश्वास व्यक्त गरे । यसका लागि नीजि क्षेत्रकाे पनि सहकार्य आवश्यक रहेकाे बताए ।
यस्तै कार्यक्रममा बाेल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले सरकारले निजि क्षेत्रलाई हेर्न दृष्टिकोण परिवर्तन हुनु जरुरी रहेको बताए । सरकारले नीति क्षेत्रलाई हेर्न दृष्टिकाेण परिवर्तन नभए अर्थतन्त्र दिगाे रूरपमा सुदृढ हुन नसक्ने बताए ।
पर्यटन, उत्पादन, व्यापार, गलैंचा, गार्मेन्ट, हस्तकला, कृषि व्यवसाय जस्ता ठूला व्यापारिक क्षेत्रबाट प्रतिनिधित्व गर्ने २०० कम्पनीहरूको सदस्य संगठनको आधारसहितको एनजीसीसीआईले जर्मनीसँग व्यापार गर्न चाहने कम्पनीहरूका लागि पहिलो सम्पर्क बिन्दुको रूपमा फोकल भूमिका खेल्दै आएको छ।