Date

मङ्ल, बैशाख ३०, २०८२
Tue, May 13, 2025

महासंघले गर्‍यो उत्कृष्ट करदातालाई सम्मान, पूर्व अध्यक्ष जोशीलाई अवार्ड

महासंघले गर्‍यो उत्कृष्ट करदातालाई सम्मान, पूर्व अध्यक्ष जोशीलाई अवार्ड

काठमाडाैं, २९ चैत । नेपाल उद्योग वाणिज्य महासंघको ५७ औँ साधारणसभामा नेपाल एकरात इन्जिनियरिङ कम्पनीका प्रबन्ध निर्देशक एवं महासंघका पूर्व अध्यक्ष कुश कुमार जोशीले प्रेसीडेन्टल अवार्ड प्राप्त गरेका छन् ।

यस्तै महासंघले आफ्ना सदस्यहरूमध्ये सबैभन्दा बढी कर बुझाउने कम्पनीहरूलाई उत्कृष्ठ करदाताको रुपमा सम्मान गरेको छ। सम्मानित हुनेमा निर्यात कारोबारमा सबैभन्दा बढी आयकर बुझाउने शिवशक्ति घ्यू उद्योग प्रालि, बैंक तथा वित्तीय संस्थामा सबैभन्दा बढी आयकर बुझाउने नबिल बैंक, पर्यटन सेवामा सबैभन्दा बढी आयकर बुझाउने मनकामना दर्शन प्रालि, बस्तु व्यापारमा सबैभन्दा बढी आयकर बुझाउने हंसराज हुलास चन्द एण्ड कम्पनी, मध्यस्तर करदाताबाट सबैभन्दा बढी आयकर बुझाउने नेपाल स्टक लिमिटेड,  रेमिटेन्स कम्पनीमा सबैभन्दा बढी आयकर बुझाउने आइएमई लिमिटेड, शिक्षा सेवामा बढी आयकर बुझाउने नोबेल मेडिकल कलेज रहेका छन् ।

यसैगरी विशेष उद्योग तर्फबाट बढी आयकर बुझाउने राजेश मेटल उद्योग, सबैभन्दा बढी अन्तशुल्क तिर्नेमा सूर्य नेपाल प्रालि र सबैभन्दा बढी मूल्य अभिवृद्धिकर तिर्नेमा गोर्खा ब्रुअरी प्रालि रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *