Date

मङ्ल, बैशाख ३०, २०८२
Tue, May 13, 2025

निक्षेपको ब्याज एकल अंकमा झार्न सीबीफीनको माग

निक्षेपको ब्याज एकल अंकमा झार्न सीबीफीनको माग

काठमाडौं, २९ चैत । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल ‘सीबीफीन’ ले राष्ट्र बैंकले निक्षेप ब्याज घटाउनु पर्ने माग राखेको छ । बैंकहरूका मालिकहरूको संस्था सीबीफीनले काठमाडौंमा मंगलबार आयोजना गरेको एक कार्यक्रममा निक्षेपको ब्याजदर घटाउन माग गरेको हो ।

कार्यक्रममा सीबीफीनका अध्यक्ष पवन गोल्यानले निक्षेपको ब्याज एक अंकमा झार्न आवश्यक रहेको बताए । छिमेकी देशहरूमा ६, साढे ६ प्रतिशत डिपोजिटको ब्याजदर छ भने, हामी कहाँ ११ प्रतिशत हुनुपर्ने आवश्यकता नरहेकाे भन्दै उनले यसलाई घटाएर सिंगल डिजिटमा झार्नु पर्ने बताए ।

अर्थतन्त्रका सबै सूचकांक सकारात्मक भएपनि बजारमा तरलता प्रभाव नभइरहेको अवस्थालाई समाधान गर्न पनि निक्षेपको ब्याज एक अंकमा झार्न आवश्यक रहेको उनको भनाइ छ ।

यस विषयमा प्रधानमन्त्रीसँग छलफल भएको र दुई प्रतिशत एकै पटक घटाउनुपर्छ भन्ने आफूहरूको भनाइ रहेको उनले बताए । तर, दुई अंक नभए पनि बैशाख १ गतेबाट १० प्रतिशतबाट तल ९।९९ प्रतिशतमा झार्ने प्रतिवद्धता प्रधानमन्त्रीले दिएको उनले बताए ।

कार्यक्रममा सीबीफीनका वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाहले बैंकिङ क्षेत्रहरुमाथि ऋण निकालेर नतिर्ने भनेर प्रहार गर्ने समूहका कारण देशको अर्थतन्त्रनै संकटमा पर्ने स्थिति रहेको बताए ।

अमेरिका, स्विट्जरल्यान्ड जस्ता देशहरूको उदाहरण दिँदै उनले बैंकिङ क्षेत्रमाथिको संकट देशकै अर्थतन्त्रको संकट हुने भन्दै यसलाई रोक्न सबै पक्षले काम गर्न आवश्यक रहेको उनको भनाइ छ ।

यस्तै, सीबीफीनका सदस्य महेन्द्रकुमार गोयलले बैंकहरूमा बोर्डका अध्यक्षहरूको केही प्रतिशत सेयर हुने र बाँकी निक्षेपकर्ताहरुको पुँजी हुने भएका कारण बैंकिङ क्षेत्रमाथिको प्रहार आम नागरिकको पुँजीमाथिको प्रहार एवं आक्रमण हुने बताए ।

यस्तै, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूमाथि आक्रमण भइरहेको भन्दै उनले “के ती कर्मचारी विदेशबाट आयत गरिएका हुन् रु” भन्दै चर्को प्रश्न गरेका छन् ।

कार्यक्रममा सीबीफीनकाका अध्यक्ष गोल्यानले अहिले अनावश्यक रुपमा महँगी बढेको समेत बताएका छन् । उनले तरकारी एवं अन्य खाद्यपदार्थहरूको मूल्य बजारमा अनावश्यक तरिकाले बढीरहेको भन्दै यो नियन्त्रणमा आउनुपर्ने समेत बताएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *