महालेखापरीक्षकको ६० औं वार्षिक प्रतिवेदन सार्वजनिक
काठमाडौं, २९ चैत । महालेखापरीक्षकको ६० औं वार्षिक प्रतिवेदन सार्वजनिक भएको छ ।
महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७८–७९ को ६० औं वार्षिक प्रतिवेदनमार्फत यो वर्ष ४ हजार ६८ संघीय मन्त्रालय तथा निकायको रु २३ खर्ब ५६ अर्ब ३४ करोड र प्रदेश मन्त्रालय तथा निकाय १ हजार २१८ को रु ३ खर्ब १२ अर्ब ७३ करोड लेखा परीक्षण गरिएको जानकारी दिएको हो ।