Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

नेपाल उद्याेग वाणिज्य महासंघकाे अध्यक्षमा चन्द्र ढकाल, वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ

नेपाल उद्याेग वाणिज्य महासंघकाे अध्यक्षमा चन्द्र ढकाल, वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ

काठमाडाैं, १ वैशाख । नेपाल उद्याेग वाणिज्य महासंघकाे अध्यक्ष चन्द्रप्रसाद ढकाल  बनेका छन् । महासंघकाे विधान अनुसार वरिष्ठ उपाध्यक्ष रहेका ढकाल अध्यक्ष भएका हुन् । अध्यक्ष शेखर गाेल्छाले विरष्ठ उपाध्यक्ष ढकाललाई पद तथा गाेपनियतकाे सपथ ग्रहण गराएका हुन् । अब गाेल्छा निवर्तमान अध्यक्ष रहेका छन् ।

नवनियुक्त ढकालले आफ्नाे कार्यकालमा मुख्यगरी ५ विषयमा निर्धारण गरी कामलाइ प्राथमिकतामा राखेकाे उल्ले गरेका छन् । जसमा पहिलाेमा आर्थिक संकट समाधानकाे लागि रणनिती तय गर्ने, दाेस्राेमा लगानीकाे वातावरण बनाउने, तेस्राेमा राज्य र नीजि क्षेत्रकाे साझेदारी सुदृढ गर्ने, चाैथाे, दक्ष जनशक्ति उत्पादन र राेजगारी सिर्जना गर्ने, र पाँचाैं व्यवसायीहरुको मनोबल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्ने प्राथमिकता रहेकाे बताए ।

यसैगरी महासंघकाे हाल सम्पन्न साधारण सभाले बरीष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठलाई चयन गरेकाे छ । उमेशलाल श्रेष्ठले छाडिदिएपछि श्रेष्ठ सर्वसम्मत उपाध्यक्ष बनेका हुन् ।  साेहि साधारण सभाले नगर उद्याेग तर्फ सुरकृष्ण वैद्य ,एसाेसिएट तर्फ जाेत्सना श्रेष्ठ र वस्तुगततर्फ हेमराज ढकाल उपाभध्यक्षमा चयन भएका छन् ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x