Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

१० करोडसम्मको विदेशी लगानी स्वचालित र अनलाइनबाट स्वीकृत हुने

१० करोडसम्मको विदेशी लगानी स्वचालित र अनलाइनबाट स्वीकृत हुने

काठमाडाैं, ८ वैशाख । उद्योग विभागले १० करोडसम्मको वैदेशिक लगानीमा स्वचालित मार्ग लागू गर्ने भएको छ । विभागले अब १० करोडसम्मको वैदेशिक लगानी अनलाइनमार्फत स्वीकृत गर्ने तयारी थालेको हो ।

बिहिबार पत्रकार सम्मेलन गरेर विभागले वेवमा आधारित स्वचालित मार्ग मार्फत विदेशी लगानी स्वीकृत गर्ने प्रणालीको बारेमा जानकारी दिएको हो ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ४२ मा नेपाल सरकारले नेपा राजपत्रमा सूचना प्रकाशन गरी विदेशी लगानी प्रक्रियालाई सरल र सहज बनाउन कम्पनी दर्ता, उद्योग दर्ता, विदेशी लगानी स्वीकृति जस्ता सेवाहरु स्वचालित (अटोमेटिक रुट) बाट प्रदान गर्न सकिने व्यवस्था गर्न लागिएको हो ।

२ करोडदेखि १० करोडसम्मको विदेशी लगानी अटोमेटिक रुटबाट गर्न लागेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x