Date

आइत, साउन ११, २०८२
Sun, July 27, 2025

सिटिजन्स बैंकको १७औं वार्षिकोत्सव कार्यक्रमः सामाजिक कार्य सँगै सेवा शुल्कमा छुट

सिटिजन्स बैंकको १७औं वार्षिकोत्सव कार्यक्रमः सामाजिक कार्य सँगै सेवा शुल्कमा छुट

काठमाडौं, ८ वैशाख । सिटिजन्स बैंक इन्टरनेशनल १६ वर्ष पूरा गरी १७ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा बैंकले सातवटै प्रदेशका कूल २७ स्थानबाट करिब ७२६ जना रक्तदाताको सहभागीतामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

साथै, बैंकको कोशी प्रदेश अन्तर्गत धरान शाखाले विराट मेडिकल कलेजको सहकार्यमा रेलवे चोक धरानमा निःशूल्क स्वास्थ्य शिविर समेत संचालन गरेको छ । शिविरमा करिब १५० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका थिए । शिविरमा बैंकले आवश्यक औषधीहरु समेत निःशूल्क वितरण गरेको थियो ।

यस्तै, बैंकले स्नो याक फाउन्डेशनलाई १ लाख रुपैयाँ आर्थिक सहयोग गराएको छ । बैंकले हालसालै भारतको मेदान्त मेडिसिटि अस्पतालसँग पनि बैंकका कार्डवाहक ग्राहकलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ ।

सातवटै प्रदेशमा फैलिएको १८२ वटा शाखाहरु मार्फत चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको कूल निक्षेप करिब १ खर्ब ६२ अर्व रहेकोमा कर्जा तर्फ १ खर्ब ४३ अर्ब रहेको छ । यसै अवधिमा बैंकले करिब १ अर्ब २४ करोड खुद मुनाफा गर्न सफल भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *