Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

आइतबार ताेलामा ९०० रूपैयाँले घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

आइतबार ताेलामा ९०० रूपैयाँले घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं, १० चैत । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । आज सुनकाे मूल्य ताेलामा ९०० रूपैयाँले घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

याेसँगै छापावाल सुनकाे मूल्य आज प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको छ । शुक्रबार मात्रै छापावाल सुन प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुन पनि घटेर प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ४० रुपैयाँ कायम भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x