Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरी नेपाल आउने, चार वर्षमा चार भ्रमण

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरी नेपाल आउने, चार वर्षमा चार भ्रमण

काठमाडौं, २१ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पुनः नेपाल भ्रमणमा आउन सक्छन् । नेपालले बिम्स्टेकको शिखर सम्मेलन आउँदो अगस्ट वा सेप्टेम्बर महिनामा काठमाडौंमा आयोजना गर्ने प्रस्ताव गरेको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका राष्ट्रहरुको पहल (वे अफ बंगाल इनिसिएटिभ फर मल्टिसेक्टोरल टेक्निकल इकोनोमिक कोपअरेसन– विम्स्टेक) लाई भारतले प्राथमिकतामा राखेकाले सदस्य देशहरुका सरकार प्रमुखले नेतृत्व गर्ने शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने सम्भावना प्रबल रहेको परराष्ट्र मन्त्रालयका अधिकारीहरुले बताएका छन् । यसअघि भारतीय प्रधानमन्त्री मोदी प्रधानमन्त्री भएलगत्तै पशुपति दर्शनका लागि दोस्रो पटक सार्क शिखर सम्मेलनमा भाग लिन र तेश्रो पटक गत महिना जनकपुर हुँदै काठमाडौं र मुस्ताङको भ्रमणमा आएका थिए । पछिल्लो भ्रमणमा उनले भारतीय लगानीमा सुरु हुन लागेको अरुण तेश्रो जलविद्युत् आयोजनाको निर्माण कार्यको उद्घाटन गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x