आरजु राईस मिलले बजारमा ल्यायो दुई ब्राण्डका चामल

काठमाडाैं, २८ वैशाख । आरजु राईस मिलले नेपालमा उत्पादन हुने उत्कृष्ट लामो ‘रामधान लाई प्रशोधन गरि ‘जीरा मसिनो’ र ‘लङ्गग्रेन’ चामल बजारमा ल्याएकाे छ । बिहिबार एक कार्यक्रमबीच ‘जीरा मसिनो’ र ‘लङ्गग्रेन’ चामल सार्वजनिक गरीएकाे हाे ।
विभिन्न चरणको परिक्षण पश्चात याे चामल बजारमा ल्याइएकाे र हाल बजारमा रहेको विभिन्न लङग्रेन चामलको दाँजोमा कनिकारहित तथा स्वादिलो रहेको शुरूवाती प्रतिक्रिया पाएकाे कम्पनीले जनाएकाे छ ।
आरजु लङ्गग्रेन चामल प्रति के.जी. रू. १३० मा काठमाडौ बजारमा उपलब्ध छ । काठमाडौंको बजारमा उपलब्ध हुने यस्तै चामलको दाँजोमा ०.५ मिलिमिटर लामो रहेता पनि मूल्य रू.१६०- १७० प्रति केजी छन्, जुन आरजु लङ्गग्रेन भन्दा रू ३०-४० प्रति केजी बढी र कनिकाको मिसावट झण्डै १०-१५% बढी छन् । बजारमा कनिकाको मूल्य प्रति केजी ३५-४० रूपैया छ ।
उक्त चामलमा उपभोक्तालाई किलोमा ४० रूपियाँ सस्तो पर्नुका साथै गुणस्तरीय तथा स्वादिलो चामलमा उसले वार्षिक साढे पाँच हजारको वचत गर्ने कम्पनीले जनाएकाे छ ।
आरजु राईस मिललेआउँदो सिजनमा वास्मति चामल पनि बजारमा ल्याउने जनाएकाे छ ।