Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सले शुरू गरे एकीकृत कारोबार

आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सले शुरू गरे एकीकृत कारोबार

काठमाडाैं, २८ वैशाख । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सले एकीकृत कारोबार सुरु गरेका छन् । काठमाडौंमा एक कार्यक्रमकाबीच औपचारिक रुपमा दुई निर्जीवन बीमा कम्पनीले समझदारी गरी ‘आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको’ नामबाट एकीकृत कारोबार थालनी गरेका हुन् ।

आईएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सको मर्जर पाँचौं सफल मर्जर हो । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई पुँजी वृद्धि गर्न निर्देशन दिएपछि १२ निर्जीवन बीमा कम्पनी ६ वटामा कायम हुने गरी मर्जर प्रक्रियामा सहभागी भएका थिए । मर्जर प्रक्रियामा सामेल भएका १२ मध्ये १० निर्जीवन कम्पनीले एकीकृत कारोबार थालनी गरेका छन् । अन्य २ कम्पनी मर्जर प्रक्रियामा छन् ।

मर्जर कार्यक्रमा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सेवाग्राहीहरुले ईन्सुरेन्सले पारदर्शी ढङगले सेवा दिदैन भन्ने हल्ला सुनेको भन्दै राम्रा कुरालाई लिएर अगाडि बढ्न आईजीआई प्रुडेन्सियललाई सुझाव दिएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x