दोहोरो अंकले घट्यो नेप्से सूचक, ९० करोडकाे काराेबार

काठमाडाैं, ३१ वैशाख । निरन्तर ओरालो लागेको सेयर बजार साताकाे पहिलाे काराेबार दिन आइतबार पनि घटेको छ । आज सेयर बजार मापक नेप्से परिसूचक १६.९६ अंकले घटेर १ हजार ९ सय १९ अंकमा झरेकाे छ ।
आज ९० करोड ५ लाख ६३ हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । आज कारोबार भएका ४० कम्पनीको शेयरमूल्य बढेको छ भने १६९ कम्पनीको शेयरमूल्य घटेको छ । यसका साथै ९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेर प्रतिकित्ता ७२७.१० रुपैयाँ पुगेको छ भने राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ ।