Date

मङ्ल, बैशाख २५, २०८१
Tue, May 7, 2024

दोस्रो पोस्टग्रे एसक्यूएल कन्फेरेन्स नेपाल सम्पन्न

दोस्रो पोस्टग्रे एसक्यूएल कन्फेरेन्स नेपाल सम्पन्न

काठमाडाैं, ३१ वैशाख । दोस्रो पोस्टग्रे एसक्यूएल कन्फेरेन्स नेपाल सम्पन्न भएको छ । नेपाल पोस्टग्रे एसक्युएल यूजर ग्रुप ९एनपी पग० ले दोस्रो पोस्टग्रे एसक्युएल कन्फेरेन्स आयोजना गरेको हो । वैशाख २६ गतेदेखि वैशाखा २९ गतेसम्म काभ्रेको धुलीखेलमा सम्पन्न भएको आयोजकले जनाएको छ । कन्फेरेन्स काठमाडौं विश्वविद्यालय सञ्चालन भएको थियो ।

सन् २०१८ को एसक्युएल कन्फेरेन्स सफल भएपछि संस्थाले दोस्रो कन्फेरेन्स आयोजना गरेको जानकारी दिएको छ । कन्फेरेन्समा पोस्टग्रे एसक्युएल यूजर ग्रुप कम्युनिटीका लोकप्रिय व्यक्ति र अरु स्थानीय वक्ताहरुसँग छलफल गरिएको थियो । चारदिनसम्म चलेको उक्त पोस्टग्रे एसक्यूएल कन्फेरेन्स नेपालमा फरक फरक क्षेत्रका व्यक्तिहरु सहभागी भएका थिए । खासगरी औद्योगिक, सरकारी, एकेडेमिक आदि क्षेत्रका व्यक्तिहरु कार्यक्रममा सहभागी भएको आयोजकले जनाएको छ ।

कन्फेरेन्स भन्दा अघि पनि दुई दिनको प्रि कन्फेरेन्स ट्रेनिङ सेसन आयोजना गरिएको थियो । मे ९ र १० ९वैशाख २६ र २७० मा शिक्षा, उद्योग, सरकारी र गैरसरकारी क्षेत्रहरुबाट करिब ३५ जनाले प्रशिक्षण लिएका थिए । यस वर्ष रूस, अमेरिका, भारत र पाकिस्तानलगायत ८ देशका अन्तराष्ट्रिय वक्ताहरु उपस्थित भएका थिए ।

कार्यक्रममा वक्ताको रुपमा एगोर रोगोब, जसनप्रीत सिंह, क्रिस ट्राभर्स, उमेयर साहिद, कृष्ण लोदा रहेका थिए । त्यस्तै पभेल टोल्माचेभ, ओलेग बार्टुनभ, एलेक्जेन्डर बार्टुसेभ, रोहित मान अमात्य र सन्दिप बस्नेत समेत कार्यक्रममा वक्ताको रुपमा रहेका थिए । कन्फेरेन्सका संयोजक बालकृष्ण बलले भनेका छन्, ‘ हामी अब नेपाली समुदायको लागि पोस्कट्रे एसक्यूएलमा काम गर्न सक्छौं।त्यतिमात्र होइन नियमित रुपमा नेपाली समाजको लागि सँगैसँगै हातेमालो गरेर अगाडी बढ्न सक्छौं।’

प्रमुख कन्फेरेन्स मे ११ र १२ ९वैशाख २८ र २९० मा आयोजना गरिएको थियो र यसमा अन्तर्राष्ट्रिय वक्ताको रूपमा पोस्टग्रे एसक्युएल कम्युनिटीका व्यक्तिहरूको उपस्थित रहेको थियो । कार्यक्रममा की नोट सेसन, प्यारेलल टक सेसन र वर्कशपहरु आयोजना गरिएका थिए । बालले यस कार्यक्रममा विविध क्षेत्रबाट सहभागिता हुने र यसले एक शक्तिशाली पोस्टग्रे एसक्युएल यूजर ग्रुप नेपाल बनाउन मद्दत गर्ने अपेक्षा गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x