मोदी इनर्जीको आइपिओ बाँडफाँट

काठमाडाैं, ३१ वैशाख । सन्राइज क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशित श्री मोदी ईनर्जी लिमिटेडको आइपिओ बाँडफाँट भएको छ। आइपिओ  ५ लाख ६१ हजार २२६ जनाले १० कित्ताका दरले ५६ लाख १२ हजार २६० कित्ता शेयर पाएका छन्। आइपिओमा कुल १२ लाख ३६ हजार २६९ आवेदन परेको थियो।

कम्पनीले वैशाख १९ गतेदेखि २४ गतेसम्म उक्त आइपिओ निष्कासन गरेको थियो।

कम्पनीले जारी पुँजी २ अर्ब ९० करोड रुपैयाँको १५ प्रतिशत अर्थात् ४३ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ४३ लाख ५० हजार कित्ता आइपिओ सर्वसाधारणमा निष्कासनका लागि छुट्याएको थियो।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *