Date

शुक्र, चैत्र २८, २०८१
Fri, April 11, 2025

२ खर्ब ५ अर्ब सहुलियतपूर्ण कर्जा लगानीमा

२ खर्ब ५ अर्ब सहुलियतपूर्ण कर्जा लगानीमा

काठमाडौं, १ जेठ । नेपाल राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा २०७९ चैत मसान्तमा रु.५ अर्ब ७७ करोड लगानीमा
रहेको छ । २०७९ चैत मसान्तमा १ लाख ४७ हजार ८ सय ७ ऋणीलाई प्रवाह भएको रु.२०५ अर्ब ११ करोड सहुलियतपूर्ण कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ६१ हजार २ सय ऋणीलाई प्रवाह भएको रु.१३९ अर्ब ६५ करोड कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ८३ हजार ७ सय ५१ महिला उद्यमीलाई प्रवाह भएको रु.६२ अर्ब २८ करोड कर्जा बक्यौता रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ८ सय ५६ ऋणीको रु.३ अर्ब १८ करोड कर्जा बक्यौता रहेको छ ।

‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि प्रवाह भएको कर्जा २०७९ चैत मसान्तमा रु.६५ करोड ८७ लाख बक्यौता रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x