Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

वैशाखमा मात्रै मनकामना केबुलकारमा १ लाख २६ हजार भन्दा बढीले गरे यात्रा

वैशाखमा मात्रै मनकामना केबुलकारमा १ लाख २६ हजार भन्दा बढीले गरे यात्रा

काठमाडाैं, १ जेठ । वैशाख महिनामा कोभिड पश्चात सबै भन्दा बढि यात्रुहरूले मनकामना केबुलकार मार्फत मनकामना यात्रा गरेका छन्। वैशाखमा कुल १ लाख २६ हजार ३ सय ३८ जनाले यात्रा गरेका छन्।

दैनिक औसत यात्रु ४००० भन्दा बढि रहेको छ। चालु आर्थिक वर्षको वैशाख सम्म यात्रा गर्ने ८ ला ७० हजार यात्रुलाई सेवा प्रदान गरेको कम्पनीले जनाएको छ । जसमध्ये ६ लाख १९ हजार ३ सय ७३ जना नेपाली र २ लाख ९ हजार ७ सय ४३ जना भारतिय यात्रु रहेका छन् । आषाढ सम्म १० ।५० लाख यात्रुलाई सेवा दिने कम्पनीको लक्ष्य रहेको छ ।

यो तथ्भयांक हेर्दा भारतिय पर्यटकको आगमना उल्लेख्य वृद्धि भएको भन्दै कम्पनीले सबै यात्रु तथा भक्तजनहरूको स्नेह र सहयोगको लागि आभार व्यक्त गरेको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x