Date

शुक्र, चैत्र २८, २०८१
Fri, April 11, 2025

जेठ ४ देखि ८ गतेसम्म ‘नेपाल चेम्बर एक्स्पो २०२३’ आयोजना हुने

जेठ ४ देखि ८ गतेसम्म ‘नेपाल चेम्बर एक्स्पो २०२३’ आयोजना हुने

काठमाडाैं, २ वैशाख । यही जेठ ४ देखि ८ गतेसम्म भृकुटिमण्डपमा ‘नेपाल चेम्बर एक्स्पो २०२३’ आयोजना हुने भएकाे छ । पछिल्ला पाँच संस्करणको सफलता पुर्वक आयोजनापछि नेपाल चेम्बर अफ कमर्शले मेलाको छैटौं संस्करणमा व्यापारिक अन्तर्क्रिया, आयात-निर्यातको सूचना आदान-प्रदान तथा नेपाली उत्पादनको बजारिकरणमा विशेष जोड दिएको छ । एक्स्पोको उद्घाटन प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन् ।

चेम्बरअफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुककाे अर्थतन्त्र नकारात्मक बनेकाे बेला यस एक्स्पाेले अर्थतन्त्र चलायमान बनाउन मद्दत गर्ने विश्वास लिएकाे नेपाल बताए। निर्यात प्रवर्द्धन, वैदेशिक लगानी आकर्षण र अन्तर्राष्ट्रिय आर्थिक संगठनहरुमा सहभागितासंग केन्द्रित क्रियाकलाप नै आर्थिक कूटनीतिको उद्धेश्य रहेकाे उनकाे भनाइ छ ।

मेलामा अन्तर्राष्ट्रिय व्यापारिक समुदायको समेत प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भईरहेका आर्थिक क्रियाकलाप, नविन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न नेपाली उद्योगी व्यवसायीहरूलाई सहयोग मिल्ने आयोजकको विश्वास रहेको छ । गुणस्तरीय सामान प्रयोग गर्न उपभोक्ता हित सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने दायित्वलाई प्रदर्शनीले प्राथमिकता दिने छ । निकासी अभिवृद्धि गर्ने उदेश्य लिई नेपाल चेम्बर अफ कमर्शले यस प्रदर्शनी मार्फत निकासीयोग्य वस्तुको प्रवर्द्धन गर्न सबै व्यापारिक समुदायलाई प्रोत्साहन गर्ने तथा त्यसका लागि आवश्यक पहल कदमी समेत गर्ने उदेश्य राखेको छ।

यस वर्ष पनि विगतमा झैं वाणिज्य मन्त्रालय र इबिपी बङ्गलादेशकाे सहकार्यमा उद्योगी व्यवसायीहरुले सहभागिता जनाउने भएका छन् । एक्स्पोमा अटाेमाेबाइल, इलेक्ट्रिकल एण्ड इलाेक्ट्राेनिक्स, फ्लोरिङ र फर्निसिङ, घरेलु उपकरणहरू, फेसन पहिरन र सहायक उपकरणहरू, गार्मेन्ट र कपडा, मोबाइल र ग्याजेटहरू, हाइड्रो, हस्तशिल्प र ह्यान्डलूमहरू, जुत्ता र छालाका वस्तुहरू, खाध्य सामग्री र दुग्ध उत्पादन आदी सामग्रीहरूको प्रदर्शनी गरीने छ ।

नेपाल चेम्बर एक्स्पो २०२३” मेलाको अफिसियल इन्सुरेन्स प्रभु इन्स्याेरेन्स रहेको छ भने इन्टरने पार्टनरको रुपमा क्लासिक टेक रहेको छ।  यो एक्पोको सम्पुर्ण व्यवस्थापनको जिम्मा इन्ट्रोडक्सन ट्रेड सोज नेपाल प्रालीले लिएको छ ।

यस मेलामा १५० भन्दा बढि स्टलहरू रहने छन् । जस्मा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कम्पनीहरू तथा उद्योगी व्यवसायीहरूको सहभागिता रहने छ । नेपाल लगायत भारत, पाकिस्तान, बङ्गलादेश, तथा अन्य मुलुकमा उत्पादित सामग्रीहरू एक्स्पोमा रहने छन् र धमाधम स्टलहरु बुकिङ भईरहने क्रम जारी छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x