Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

रोल्पाको थवाङमा जनता बैंकको शाखा कार्यालय संचालनमा

रोल्पाको थवाङमा जनता बैंकको शाखा कार्यालय संचालनमा

काठमाडौं, २१ जेठ । जनता बैंक नेपाल लिमिटेडले रोल्पा थवाङ गाउँपालिका वडा नं. २ स्थित थवाङ शाखाबाट कारोवार सुरु गरेको छ । ग्रामिण भेगमा बैंकिङ पहुच विस्तार गर्ने योजना अनुरुप सो स्थानमा शाखा संचालनमा ल्याएको बैंकले जनाएको छ ।

रोल्पामा लिवाङ पछि जनता बैंकको यो दोस्रो शाखा हो । सोही जिल्लामा अन्य २ शाखाहरु पनि खुल्ने क्रममा रहेको बैंकले जनाएको छ । थवाङ गाउँपालिकाको सरकारी कारोवार समेत गर्ने यो शाखाबाट स्थानीय उद्यमी, व्यापारी तथा सर्वसाधारणले आधुनिक बैंकिङ्ग सुविधा तथा रेमिट्यान्सको सुविधा लिन सक्ने जनाइएको छ ।

यससँगै जनता बैंकको देश भरीमा शाखा सञ्जाल ११७ पुगेको छ भने बैंकले ४० शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x