Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

माछापुच्छ्रे बैंकको रौतहट शाखाबाट ग्राहकको रकम हराएको समाचारप्रति ध्यानाकर्षण

माछापुच्छ्रे बैंकको रौतहट शाखाबाट ग्राहकको रकम हराएको समाचारप्रति ध्यानाकर्षण

काठमाडौं, १० जेठ । माछापुच्छ्रे बैंकको रौतहटस्थित चन्द्रपुर शाखाका ग्राहकको खाताबाट रकम हराएको सम्बन्धमा विभिन्न सञ्चारमाध्यमहरूमा आएका पछिल्ला समाचारप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको बताइएको छ । ग्राहकको गुनासो प्राप्त भए पछि बैंकले अनुसन्धान गर्दा सम्पूर्ण रकम ग्राहकको मोबाइल बैंकिङ्ग प्रयोग गरी अन्य बैंकका विभिन्न खाताहरू तथा खल्ती वालेटमा ट्रान्सफर गरिएको देखिएको छ । बैंकको सिस्टममा कुनै समस्या नदेखिएको र बैंकबाट पठाइएका सम्पूर्ण एसएमएस, एक्टिभेसन कोड तथा ओटीपी ग्राहककै मोबाइलमा गएको देखिएको हुनाले उक्त कोड अनाधिकृत व्यक्तिलाई जानकारी नगराई वा ग्राहकको मोबाइलमा अनधिकृत पहुँच नपुयाई उक्त कारोबार हुन नसक्ने देखिएको बैंकले बताएको छ । यस सम्बन्धमा थप अनुसन्धान गरी आवश्यक कारवाही गर्न प्रहरीमा अनुरोध समेत गरिसकिएको जानकारी गराएको छ । ग्राहकहरूको बैंक खातामा रहेको बचत पूर्ण रूपमा सुरक्षित रहेको जानकारी गराउँदै मोबाइल बैंकिङ्ग तथा अन्य डिजिटल सेवाहरूको प्रयोग गर्दा सावधानी अपनाउन बैंकले ग्राहक तथा सम्पूर्णमा अनुरोध गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x