Date

शनि, बैशाख १५, २०८१
Sat, April 27, 2024

सेयर बजारमा लगानीकर्ताको आन्दोलनको न्यून प्रभाव, ४३ करोडको कारोबार

सेयर बजारमा लगानीकर्ताको आन्दोलनको न्यून प्रभाव, ४३ करोडको कारोबार

काठमाडौं, २१ जेठ । सेयर बजारमा आज सामान्य गिरावट आएको छ । अघिल्लो दिन ३३ अंकले घटेको बजार आज भने ५.११ अंकले घटेर १२६८.८४ बिन्दुमा झरेको छ ।

आज कारोबारमा आएको अन्य समूह बाहेक बाँकी सबै समूहको परिसूचक घटेको छ । त्यस्तै आज १ सय ५८ कम्पनीको ४३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन कारोबार रकम अघिल्लो दिनको तुलनामा १० करोडले कम हो ।

सरकारले हकप्रद र बोनसमा समेत आधार मूल्यमै पूँजीगत लाभकर लिने निर्णयको विरोध गर्दै लगानीकर्ताहरु आन्दोलनमा उत्रिए पनि बजारमा त्यसको असर भने न्यून मात्र परेको देखिन्छ । लगानीकर्ताहरुले आज नेपाल स्टक एक्सचेन्जमा धर्ना दिएर सरकारी निर्णयको विरोध गरेका थिए । उनीहरुले उक्त निर्णय फिर्ता दिन सरकारसँग माग गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x