Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

प्राविधिक शिक्षा अध्ययनका लागि क्यान र लर्डबुद्ध कलेजले छात्रवृती दिने

प्राविधिक शिक्षा अध्ययनका लागि क्यान र लर्डबुद्ध कलेजले छात्रवृती दिने

काठमाडौं, २१ जेठ । सुचना तथा संचार प्रविधिको क्षेत्रमा काम गर्दै आएको कम्प्युटर एशोसिएसन नेपाल (क्यान महासंघ) र सुचना तथा प्रविधी विषयमा अध्यापन गराउदै आएको लर्ड बुद्ध कलेजले संयुक्त रुपमा यसै बर्ष देखि प्राविधिक शिक्षा तर्फ छात्रवृतिको सुरुवात गरेका छन् । आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा छात्रवृति प्रदान गर्ने सम्बन्धी सम्झौतामा क्यान महासंघका तर्फबाट अध्यक्ष हेमन्त चौरसिया र लर्ड बुद्ध एजुकेशन फाउन्डेशनका तर्फबाट फाउन्डेशनका अध्यक्ष पंकज जलानले हस्ताक्षर गरे ।

नेसनल आइसीटी स्कलरसिप २०७५ का माध्यमबाट मुलुकको सातवटै प्रदेशका विद्यार्थीहरुले समान अवसर पाउने गरी प्रत्येक प्रदेशबाट एक जना छात्रालाई पुर्ण र बाँकी ४२ जनालाई आंशिक छात्रवृति प्रदान गरिने छ । फिमेल मेरिट स्कलरसिप प्रत्येक प्रदेशबाट ४ जनाका दरले २८ जना छात्रालाई प्रदान गरिने छ भने आइसिटी मेरिट स्कलरसिप प्रत्येक प्रदेशबाट ३ जनाका दरले २१ जनालाई प्रदान गरिनेछ । सम्झौता अनुसार ४९ जना विद्यार्थीले १ करोड ८३ लाख ३६ हजार ५ सय रुपैयाँ बरावरको छात्रवृति पाउनेछन् ।

पत्रकार सम्मेलनमा क्यान महासंघका अध्यक्ष हेमन्त चौरसियाले ग्रामिण क्षेत्रमा समेत सुचना प्रविधिको विकास र सबै नागरिकमा यसको पहँुच पु¥याउन यस कार्यले टेवा पुग्ने विश्वास लिएको बताए । उनले आर्थिक अवस्था कमजोर भएका दुर्गम क्षेत्रका विद्यार्थीहरु सुचना प्रविधीको शिक्षाबाट बन्चित नहोउन भन्ने उद्देश्यले यो कार्यक्रम आगाडी बढाएको पनि बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x