Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

स्वचालित मुल्य प्रणाली अनुसार नै पेट्रोलियम पदार्थको मुल्य बढ्यो- मन्त्री यादव

स्वचालित मुल्य प्रणाली अनुसार नै पेट्रोलियम पदार्थको मुल्य बढ्यो- मन्त्री यादव

काठमाडौं २१ जेठ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवले विगतदेखि हुँदै आएको स्वचालित मुल्य प्रणाली अनुसार नै पेट्रोलियम पदार्थको मुल्य वढेको बताउनु भएको छ ।

आज संसदमा जवाफ दिदै मन्त्री यादवले विश्व बजार र भारतमा पनि मुल्य वढेपछि आयल निमगलाइ वचाइ राख्न र चोरी निकासी रोक्न पनि मुल्य वढाउन सरकार वाध्य भएको उहाँले वताउनु भयो । यती हुँदा हुँदै पनि भारतमा भन्दा नेपालमा पेट्रोल २२ र डिजेल २५ रुपैयाँ सस्तो हुँदा आयल निगम ३७ करोड घाटामा जाने उहाँको भनाइ थियो ।

त्यसै गरी शिक्षा मन्त्री गरिराजमणी पोखरेलले एकिकृत पाठ्यक्रम प्रणाली लागु गरेर साना नानीहरुले स्कुल जाँदा आफु जत्रै कितावको भारी वोकेर जानु पर्ने अवस्था अन्त गर्ने सरकार लागेको संसदलाइ जानकारी गराउनु भयो ।यस वर्षको भर्ना अभियान सफल भएको र स्कुल जान नपाउने थप २ लाख ५३ हजर ५ सय ५६ जना वालवालिका स्कुल भर्ना भएको र त्यसलाइ टिकाउन सरकार लागि परेको जानकारी दिनु भयो । भर्ना अभियान सफल भए पनि आधारभुत शिक्षा पाउनु पर्ने ५ देखि १२ बर्ष उमेरका अझै ५९ हजार ७ सय ३३ जना वालवालिका स्कुल जान पाएका छैनन । ती मध्य सवैभन्दा बढि प्रदेश २ मा २४ हजार र प्रदेश ५ मा १३ हजार वालवालिका रहेको शिक्षा मन्त्रीले जानकारी दिनु भयो । संसदको अर्को वैठक यही जेठ २५ गते शुक्रवार दिनको १ बजे वस्ने कार्यक्रम रहेको छ ।

यस्तै  बैठकले विनियोजन विद्येयक २०७५ माथि विचार गरियोस भनी प्रस्तावलाइ सर्वसम्मतीले पारित गरेको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले पेश गर्नु भएको विद्येयकलाइ वैठकले पास गरेको हो ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x