Date

बिहि, बैशाख ६, २०८१
Thu, April 18, 2024

कालिमाटी तरकारी बजारको १५ वर्षे स्टल बुकिङ्ग प्रावधान खारेज गरिने

कालिमाटी तरकारी बजारको १५ वर्षे स्टल बुकिङ्ग प्रावधान खारेज गरिने

काठमाडौं, २१ जेठ । कालीमाटी तरकारी तथा फलफूल बजारमा सहुलियत दरमा मासिक ८ देखि १० हजार भाडामा स्टल लिएर मासिक एक लाख सम्ममा अर्कैलाई भाडामा दिने गरेको भेटिएपछि सरकारले सहुलियत दरको स्टल १५ वर्षे स्टल बुकिङ्ग प्रावधानलाई खारेज गर्ने भएको छ ।

अनुगमनका क्रममा स्टल एउटाको नाममा रहेको र बिक्रेता अर्कै भेटिएपछि कृषि मन्त्री बलदेव खनालले सहुलियत दरको स्टल १५ वर्षलाई दिइने प्रावधानलाई तत्काल खारेज गरिने प्रक्रिया अगाडी बढाइने बताउनु भयो ।

१५/१५ दिनमा तरकारी बजारको नियमित अनुगमन गर्ने र उपभोक्ता र किसानका बीचको चार पाँच तहको सिन्डिकेट अन्त्य गरिने बताउनु भयो ।

अनुगमनपछि किसानले उत्पादन गरेको बस्तु बजारमा ल्याएर आफैं बेच्न चाहेमा त्यसका लागि सहुलियत दरमा स्टल उपलब्ध गराइने पनि कृषि मन्त्री खनालले जानकारी दिनुभयो ।

यसै गरी कालीमाटी तरकारी बजारभित्रकै माछा बजार अत्यन्त फोहोर र दुर्गन्धित भएको भन्दै त्यसलाई तत्काल तोडफोड गरेर व्यवस्थित बनाइने पनि कृषि मन्त्री खनालले जानकारी दिनुभयो ।

तरकारी, खाद्यान्न तथा माछा मासु मानिसका दैनिक उपभोग्य वस्तु रहेकाले त्यसको सम्बन्ध उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष रुपमा जोडिएको बताउँदै अखाद्य विषादी प्रयोगलाई निरुत्साहित गरिने जानकारी दिइयो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x