Date

आइत, बैशाख २८, २०८२
Sun, May 11, 2025

एनआइबीएल एस क्यपिटल नेशनल पेमेन्ट स्वीचमा आबद्ध

एनआइबीएल एस क्यपिटल नेशनल पेमेन्ट स्वीचमा आबद्ध

काठमाडौं, १७ जेठ । एनआइबीएल एस क्यपिटल लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल)को भुक्तानी प्रणालीहरु प्रयोग सुरुवात गरेको छ। डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेशनल पेमेन्ट स्वीच (एनपीएस)मा एनआइबीएल एस क्यापिट आबद्ध भएको हो।

क्यपिटलका नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापा र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले यससम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सम्झौतापछि एनआइबिएल एस क्यापिटलका आन्तरिक प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस ९एनपीआइ० सँग जोडी विभिन्न भुक्तानी तथा लगानी प्राप्त गर्ने कारोबारहरु गर्न सक्ने छन्।

साथै क्यापिटलका डिभिडेण्ड भुक्तानी लगायत तलब, भेण्डर भुक्तानी, लगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खाताहरु बीच सोझै गर्न सक्नेछ। एनआइबिएल एस क्यापिटल नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *