Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

एनएमबि बैंकको एफपिओ जेठ ३० गतेबाट, चुक्ता पुँजी ७ अर्ब ६० करोड रुपैयाँ पुग्दै

एनएमबि बैंकको एफपिओ जेठ ३० गतेबाट, चुक्ता पुँजी ७ अर्ब ६० करोड रुपैयाँ पुग्दै

काठमाडौं, २२ जेठ । एनएमबि बैंकले थप शेयर निष्कासन एफपिओ को बिक्री खुल्ला जेठ ३० गतेबाट गर्ने भएको छ । बैंकको उक्त एफपिओको बिक्री बन्द छिटोमा आषाढ ३ गते र ढिलोमा २८ गतेसम्म रहेको छ ।

बैंकले १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओ ल्याउने भएको छ । बैंकले एक सय रुपैयाँ अंकित मुल्यमा २३३ रुपैयाँ जोडेर एफपिओ निष्कासन गर्ने जनाएको छ । बैंकले आफ्नो चुक्ता पुँजी वृद्धिका लागि एफपिओ निष्कासन गर्ने भएको हो ।

बैंकले निष्कासन गर्न लागेको एफपिओलाई ईक्रा नेपालले आइपिओ ग्रेड ३ ले मापन गरेको छ । उक्त मापनले बैंकको वित्तीय अवस्था औषत आधारमा रहेको देखाउँछ । बैंकले उक्त एफपिओ निष्कासनको लागि बिक्री प्रबन्धकमा नागरिक लगानी कोषलाई नियुक्त गरेको छ । बैंकको एफपिओको आवेदन नागरिक लगानी कोषमा र आस्वा प्रणाली अन्तरगतको सम्पुर्ण सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा दिन सकिने जनाइएको छ ।

एफपिओ निष्कासन पछि बैंकको चुक्ता पुँजी ७ अर्ब ६० करोड रुपैयाँ पुग्ने छ । बैंकको हाल चुक्ता पुँजी ६ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । केन्द्रिय बैंकले तोकेको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउनका लागि बैंकलाई करिब ४० करोड रुपैयाँको आवश्यक पर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x