कर्जाको ब्याजदर घटाउने निर्णयसँगै बढ्याे नेप्से, काराेबार रकम ४ अर्ब नाघ्याे
काठमाडाैं, ३० जेठ । साताको कारोबारको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४. १७ अंकले बढेकाे छ । नेप्से परिसूचक आज ३४.१७ अंकले बढेर दुई हजार २० दशमलब ६४ विन्दुमा बन्द भएको हाे ।
नेपाल बैंकर्स संघले आगामी असार महिनामा कर्जाको ब्याजदर घटाउने निर्णय गरेसंगै नेप्सेमा उच्च अंकको वृद्धि भएको हो । आज २७० कम्पनीकाे १ कराेड ८० लाख १ हजार ६९३ कित्ता सेयर खरिदबिक्रि हुँदा चार अर्ब १२ करोड ६६ लाख ९५ हजार रुपैयाँ बराबरको काराेबार भएकाे छ ।
आज कारोबार भएका कम्पनीहरू मध्ये १९६ को शेयरमूल्य बढेको छ भने २२ कम्पनीकोे शेयरमूल्य घटेको छ । पाँच वटाको शेयरमूलय स्थिर रहेको छ ।
यस्तै आज सबै भन्दा बढी जिवन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेको छभने भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड र सिटी होटल लिमिटेडको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीे बढेको छ ।