Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

५.७ प्रतिशतले बढ्यो कुल आन्तरिक कर्जा

५.७ प्रतिशतले बढ्यो कुल आन्तरिक कर्जा

काठमाडौं, ३१ जेठ । चालू आर्थिक वर्षको पहिलो १० महिनमा मुलुकमा कुल आन्तरिक कर्जा ५.७ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ११.६ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० वैशाख मसान्तमा यस्तो कर्जा ८.४ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दावी १३.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी ५.२ प्रतिशतले घटेको थियो। वार्षिक बिन्दुगत आधारमा २०७९ वैशाख मसान्तमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दावी ४६.८ प्रतिशतले बढेकोमा २०८० वैशाख मसान्तमा यस्तो दावी ५१.१ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ४.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी १४.३ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८० वैशाख मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ३.८ प्रतिशतले बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x