Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

मेगा बैंक र प्रभु लाइफ इन्स्योरेन्स बिच बैंकास्योरेन्स सम्झौता

मेगा बैंक र प्रभु लाइफ इन्स्योरेन्स बिच बैंकास्योरेन्स सम्झौता

काठमाडौँ, २२ जेठ । मेगा बैंक नेपाल लिमिटेड र प्रभु लाइफ इन्स्योरेन्स कम्पनी बिच बैंकास्योरेन्स सम्झौता भएको छ ।

मेगा बैंकको प्रधान कार्यालयमा बैंकका वरिष्ठ नायब महाप्रबन्धक महेश ढकाल र प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख व्यापार अधिकृत प्रयास श्रेष्ठले बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार, अब ग्राहकहरुले मेगा बैंकको सम्पुर्ण शाखाहरुबाट प्रभु लाइफ इन्स्योरेन्समा जीवन बिमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् । यो सम्झौताले जीवन बिमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई थप सुविधा प्राप्त हुने मेगा बैंकको विश्वास रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x