Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

आरएसडिसी लघुवित्तको बुक क्लोज

आरएसडिसी लघुवित्तको बुक क्लोज

काठमाडौं, २२ जेठ । हकप्रद शेयर प्रयोजनको लागि आरएसडिसी लघुवित्त वित्तीय संस्थाले शेयर दर्ता किताब बन्द गरेको छ । लघुवित्तले आज जेठ २२ गते शेयर दर्ता किताब बन्द गरेको हो ।

लघुवित्तले ५ बराबर ३ अर्थात ६० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । लघुवित्तको शेयर जेठ २१ गतेसम्म खरिद गर्ने शेयरधनीहरुले हकप्रद शेयरको लागि आवेदन दिन सक्ने छन् ।

लघुवित्तले २१ करोड ५९ लाख ७० हजार रुपैयाँ बराबरको २१ लाख ५९ हजार सात सय कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । उक्त हकप्रद शेयरको अंकित मुल्य एक सय रुपैयाँ रहेको छ । लघुवित्तले उक्त हकप्रद शेयरको निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईविएल एस क्यापिटललाई नियुक्त गरेको छ ।

हकप्रद शेयर पछि लघुवित्तको चुक्ता पुँजी ५७ करोड ५९ लाख रुपैयाँ पुग्नेछ । लघुवित्तको हाल चुक्ता पुँजी ३५ करोड ९९ लाख रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x