सनराइज बैंक लिमिटेडले गर्याे बीमा रकम भुक्तानी

काठमाडौं, २२ जेठ । सनराइज बैंकले भैसीपाटी शाखाका ग्राहक राजेन्द्र महर्जनलाई उपचार खर्च बापत ८० हजार २५६ रुपैयाँ बराबरको वीमा रकम भुक्तानी गरेको छ । बैंकले आफ्ना बचत खाताका ग्राहकहरुको लागि “स्वास्थ्य बीमा सुविधा” अन्तरगत उक्त वीमा रकम भुक्तानी गरेको बताएको छ ।

उक्त बीमा अन्तर्गत बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च १ लाख रुपैयाँमा नबढ्ने गरी आफ्नो बचत खातामा रहने बार्षिक औषत मौज्दातको २५ प्रतिशत वा विल रकम मध्ये जुन कम हुन्छ सो रकम दाबी गर्न पाइनेछ ।

बैंकले यस “स्वास्थ्य बीमा सुविधा” अन्तर्गत देशभरका ७० भन्दा बढी तोकिएका निजी अस्पतालहरुमा स्वास्थ परिक्षण गराउँदा ५ देखि २० प्रतिशत सम्म छुट प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *