Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सञ्चय कोषको सेवा जनकपुरमा विस्तार

सञ्चय कोषको सेवा जनकपुरमा विस्तार

काठमाडौं, २२ जेठ । कर्मचारी सञ्चय कोषले जनकपुरको पेठीया बजारस्थित आफ्नो शाखा कार्यालयबाट संचालनमा ल्याएको छ । यस शाखाकोे उद्घाटन कोषका प्रशासक तुलसीप्रसाद गौतमले गरेका हुन् ।

जनकपुर शाखा कार्यालयले सिरहा, सप्तरी, धनुषा, महोत्तरी, उदयपुर, सर्लाही, सिन्धुली, ओखलढुँगा तथा उपयुक्तता र सहजताको आधारमा आसपासका अन्य जिल्लाहरुका सञ्चयकर्ताहरुलाई समेत सेवा प्रवाह गर्ने छ । शाखा कार्यालयबाट त्यस भेगका लगभग एक लाख सञ्चयकर्ता लाभान्वित हुन सक्ने कोषको अनुमान छ ।

शाखा कार्यालयबाट विशेषतः विशेष सापटी भुक्तानी, परिचय पत्र समर्थन, फाँटवारी सँकलन लगायत सञ्चयकर्तासँग सम्बन्धित अन्य सेवा समेत प्राप्त हुने प्रशासक गौतमले बताए ।

कोषले घर सापटी, शैक्षिक सापटी र सरलचक्र कर्जा जस्ता ऋण सुविधा र सामाजिक सुरक्षण अन्तर्गत दुर्घटना क्षतिपूर्ति, सुत्केरी स्याहार, काजक्रिया अनुदान र औषधि उपचार जस्ता सुविधा सञ्चयकर्तालाई प्रदान गर्दै आएको छ ।

सामाजिक सुरक्षणको क्षेत्रमा अग्रणी मानिएको कर्मचारी सञ्चय कोषले जनकपुर सहित सातै प्रदेशमा शाखा कार्यालय मार्फत आफ्नो सेवा प्रवाह गर्दै आएको छ । हाल कोषमा ५ लाख ५० हजार सञ्चयकर्ता सदश्य रहेका छन्, भने आ.व. २०७३/०७४ सम्म कोषले २ खर्व २५ अर्व रुपैयाँ बराबरको स्रोत परिचालन गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x