५२.२६ अङ्कले बढ्याे नेप्से परिसूचक, चार अर्ब ८६ करोडकाे काराेबार

काठमाडाैं, ३ असार । साताकाे काराेबारकाे पहिलाे दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दाेहाेराे अंकले बढेकाे छ । आज नेप्से परिसूचक ५२.२६ अंकले बढेर दुई हजार ९४ दशमलब ३३ विन्दुमा बन्द भएको हाे ।
आज २८० कम्पनीकाे १ कराेड २० लाख ९५ हजार ९६६ कित्ता सेयर किनबेच हुँदा चार अर्ब ८६ करोड ९१ लाख ८४ हजार रुपैयाँकाे काराेबार भएकाे छ ।
आज कारोबार भएका १९० कम्पनीको शेयरमूल्य बढेको छ भने २८ कम्पनीकोे शेयरमूल्य घटेको छ । ४ वटाको शेयरमूल्य स्थिर रहेको छ ।
आज ११ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । अभियान नेपाल इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, ग्रिन भेञ्चर हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर, आत्मनिर्भर नेपाल लघुवित्त वित्तीय संस्था र मेन्छियम हाइड्रोपावरको शेयरमूल्यमा उच्च वृद्धि भएको हाे ।