Date

बुध, असार २५, २०८२
Wed, July 9, 2025

११ महिनामा ३४ अर्ब ५८ करोडको वैदेशिक लगानी प्रतिबद्धता

११ महिनामा ३४ अर्ब ५८ करोडको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं, ४ असार । चालू आर्थिक वर्षको ११ महिनामा नेपालमा साढे ३४ अर्बभन्दा बढीको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार चालु आवको साउनदेखि जेठ महिनासम्म ३४ अर्ब ५८ करोड ४७ लाख छ हजार रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी प्रस्ताव आएको हो । गत वर्ष सो अवधिमा ४६ अर्ब ७६ करोड पाँच लाख रुपियाँ प्रतिबद्धता आएको थियो । गत वर्षको तुलनामा २६ प्रतिशत अर्थात् १२ अर्ब ९६ करोड रुपियाँले वैदेशिक लगानी प्रतिबद्धतामा कमी आएको विभागले जनाएको छ ।

विश्वभर देखा परेको आर्थिक मन्दीका कारण गत वर्षको तुलनामा विदेशी लगानी प्रतिबद्धतामा कमी आएको विभागले जनाएको छ । चालु आवको जेठ महिनामा ५७ परियोजनामार्फत चार अर्ब ९६ करोड ५३ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ ।

विभागका अनुसार जेठ महिनासम्म सबैभन्दा धेरै सेवा क्षेत्रमा ११९ परियोजनामार्फत लगानी प्रतिबद्धता आएको छ । त्यस्तै पर्यटन अन्तर्गत १०४, उत्पादनमूलक परियोजना २५, सूचना प्रविधिमा आधारित १५, पूर्वाधार परियोजना नौ वटामा लगानी प्रतिबद्धता आएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *