Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सिभिल बैंकले प्रस्ताव गर्याे १०.२५ प्रतिशत बोनस, चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुग्ने

सिभिल बैंकले प्रस्ताव गर्याे १०.२५ प्रतिशत बोनस, चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुग्ने

काठमाडौं, २२ जेठ । सिभिल बैंकले शेयरधनीहरुलाई १०.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । बैंकको जेठ २१ गते बसेको संचालक समितिको बैठकले निर्णय गरेको हो । बैंकले ७४ करोड ४० लाख रुपैयाँ बराबर बोनस शेयर दिने भएको छ ।

बैंकले प्रस्ताव गरेको उक्त बोनस शेयर नेपाल राष्ट्र बैंकले स्विकृत गरेपछि बैंकको साधारण सभामा पारित गरिने छ । बोनस शेयर वितरण पछि बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुग्ने छ । बैंकको हाल चुक्ता पुँजी ७ अर्ब २५ करोड रुपैयाँ पुगेको छ ।

बैंकले यस अघि १० बराबर ४ अर्थात ४० प्रतिशत हकप्रद शेयर जारी चुक्ता पुँजी ७ अर्ब २५ करोड रुपैयाँ पुर्याएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x