राधी विद्युतले दिने भयो १० प्रतिशत बोनस

काठमाडौं, २२ जेठ । राधी विद्युत कम्पनीले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ । कम्पनीको संंचालक समितिको जेठ २० गते बसेको बैठकले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो ।

कम्पनीले बोनस शेयरसंगै कर प्रयोजनको लागि ०.६ प्रतिशत नगद लाभांश समेत दिने बताएको छ ।

कम्पनीले बोनस शेयर र साधारण सभा प्रयोजनको लागि आषाढ ५ देखी २४ गतेसम्म शेयर दर्ता किताब बन्द गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *