Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

१० महिनामा ७३ खर्ब ४२ अर्ब तरलता प्रवाह

१० महिनामा ७३ खर्ब ४२ अर्ब तरलता प्रवाह

काठमाडौं, २४ असार । चालू आर्थिक वर्षको पहिलो १० महिनामा नेपाल राष्ट्र बैंकले विभिन्न उपकरणमार्फत बजारमा ७३ खर्ब ४२ अर्बभन्दा बढी तरलता प्रवाह गरेको छ । समीक्षा अवधिमा यस बैंकबाट रिपोमार्फत रु.४१४ अर्ब ४७ करोड, सोझै खरिद बोलकबोलमार्फत रु. ८९ अर्ब ७०
करोड, स्थायी तरलता सुविधामार्फत रु. २७२६ अर्ब ९६ करोड र ओभरनाइट तरलता सुविधा रु. १७१८ अर्ब ८ करोड गरी कुल रु.४९४९ अर्ब २२ करोड (कारोबारमा आधारित) तरलता प्रवाह गरिएको छ भने रिभर्स रिपोमार्फत रु. ५ अर्ब तरलता प्रशोचन गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विभिन्न उपकरणहरुमार्फत खुद रु. ७३४२ अर्ब
६५ करोड तरलता प्रवाह गरिएको थियो ।

समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर ४ अर्ब ७४ करोड खुद खरिद गरी रु.६१९ अर्ब ७६ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर २ अर्ब १२ करोड खुद खरिद गरी रु. २५६ अर्ब ७३ करोड तरलता प्रवाह गरिएको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलर ३ अर्ब ८६ करोड बिक्री गरी रु.५०४ अर्ब ११ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ३ अर्ब ९६ करोड बिक्री गरी रु.४७५ अर्ब ६८ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x