आइतबार २८.३८ अंकले बढ्याे नेप्से, ३ अर्ब ४ करोडकाे काराेबार
काठमाडौं, २४ असार । साताको कारोबारको पहिलो दिन आइतबार नेपाल स्कट एक्सचेन्ज (नेप्से) दाेहाेराे अंकले बढेकाे छ । आज नेप्से परिसूचक २८.३८ अंकले बढेर २०७७.७६ विन्दुमा पुगेको हाे ।
आज कुल २८७ कम्पनीको ८३ लाख ५२ हजार ५७६ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा हिमालयन लाइफ इन्स्योरेन्स अग्रिम स्थानमा छ। यसको आज १८ करोड ६० लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा शिभम् सिमेन्ट र सोल्टी होटलको कारोबार भएको छ।