Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा भ्रष्टाचार भएको भन्दै दोलखावासी अख्तियारमा

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा भ्रष्टाचार भएको भन्दै दोलखावासी अख्तियारमा

काठमाडौं, २३ जेठ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा भ्रष्टाचार भन्दै दोलखावासीले अख्तियार दुरोपयोग अनुसन्धान आयोगमा ऊजुरी दर्ता गराएका छन् ।

आयोजना पुरा हुनै लाग्दा आयोजनामा निर्माणमा भ्रष्टाचार भएको भन्दै उनीहरुले यस सम्बन्धी आवश्यक छानविन र कारवाहीका लागि आयोगमा उजुरी दर्ता गराएका हुन् ।

आयोजनामा देखिएको बेतिथि, अनियमितता र दोलखावासीलाई निश्चित गरेको १० प्रतिशत शेयर न्यायोचित वितरण, लागत बढेको विषय, समय अवधि बढेको र भ्रष्टाचार लगायतका विषयमा पटक पटक ध्यानाकर्षण गराउँदासमेत सम्बन्धीत पक्षले कुनै वास्ता नगरेपछि जिल्लावासीले आयोगमा ऊजुरी दर्ता गराएका हुन  ।

२०६७ साउनमा सुरु भएको ४५६ मेगावाट क्षेमताको उक्त जलविधुत आयोजना आव ७२।७३मा सम्पन्न हुने अनुमान गरिएपनि भुकम्प नाकावन्दी लगायतका कारणबाट ढिलाइ भएको हो ।

आयोजनाको ९०  प्रतिशत भन्दा बढी कार्य सम्पन्न भएको छ । २०७५ असार मसान्तसम्ममा पहिलो युनिटबाट उत्पादन शुरु गरी चैत्र सम्मममा सवै युनिट सचालनमा ल्याउने कार्ययोजना रहेको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x