Date

मङ्ल, कार्तिक १८, २०८२
Tue, November 4, 2025

माैद्रक नीतिः बैंकदर यथावत, निक्षेप संकलन बोलकबोल दर ४.५ प्रतिशतमा झर्‍याे

माैद्रक नीतिः बैंकदर यथावत, निक्षेप संकलन बोलकबोल दर ४.५ प्रतिशतमा झर्‍याे

काठमाडाैं, ७ साउन । नेपाल राष्ट्र बैंकले बैंकदरलाई यथावत नै राखेकाे छ । आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले बैंकदरलाई ७.५ प्रतिशतमा यथावत राखेकाे  र निक्षेप संकलन बोलकबोल दरलाई ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएको जानकारी दिएकाे हाे ।

आन्तरिक तथा बाह्य आर्थिक परिदृश्यलाई दृष्टिगत गरी नीतिगत दरलाई भने ५० आधार विन्दुले घटाई ६.५ प्रतिशत कायम गरिएको छ ।

बैंक दरमा स्थायी तरलता सुविधा र नीतिगत दरमा ओभरनाइट तरलता सुविधा उपलब्ध हुने व्यवस्थालाई यथावत राखेको राष्ट्र बैंकले जनाएको छ ।

सञ्चालन लक्ष्यको रुपमा लिएको भारित औसत अन्तरबैंक ब्याजदर बैंक दरभन्दा उच्च र निक्षेप संकलन दरभन्दा न्यून भएमा दोस्रो बजार कारोबार र निक्षेप संकलन बोलकबोल खुला गरिने राष्ट्र बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *