Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

एनएलजी इन्स्योरेन्सका विशेष साधारणसभा सम्पन्न, ६६ प्रतिशत हकप्रद शेयर पारित

एनएलजी इन्स्योरेन्सका विशेष साधारणसभा सम्पन्न, ६६ प्रतिशत हकप्रद शेयर पारित

काठमाडौं, १५ साउन । एनएलजी इन्स्योरेन्स कम्पनीको विशेष साधारणसभा आइतवार काठमाडौंमा सम्पन्न भएको छ । सभाले कम्पनीको हाल कायम रहेको चूक्ता पूँजी रु. १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९०.५० को १० शेयर बराबर ६.६ शेयर (६६ प्रतिशत)को अनुपातले हकप्रद शेयर जारी गर्ने सम्बन्धी विशेष प्रस्ताव सभाबाट सर्वसम्मतिले पारित गरेको छ । कम्पनीका अध्यक्ष श्री विमल प्रसाद वाग्लेले विशेष साधारण सभा बोलाउनु पर्नाको कारणको पृष्ठभूमि सम्बन्धमा सभामा जानकारी गराए । यस कम्पनीले आर्थिक वर्ष २०७८–७९ को तुलनामा १.८९ प्रतिशत वृद्धि भई कूल बीमाशुल्क रू. २ अर्ब ४१ करोड आर्जन गर्न सफल भएको छ । कम्पनीले आर्थिक वर्ष २०७९–८० मा रु. २ अर्ब १५ करोडको कूल दावी भुक्तानी गरेको छ, जुन गत वर्ष २०७८–७९ मा रु. १ अर्ब ९४ करोड रहेको थियो । यस कम्पनीको कूल दावी भुक्तानी गतवर्ष भन्दा रकममा रु. २१ करोड तथा प्रतिशतमा १०.८३ प्रतिशतले वृद्धि भएको ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x