साताको दोस्रो दिन पनि घट्यो शेयर बजार

काठमाडौं, २२ साउन । मौद्रिक नीति आएको दोस्रो दिनदेखि नै लगातार जसो घटिरहेको शेयर बजार यस साताको दोस्रो दिन पनि घटेरै बन्द भएको छ । सोमवार बजार मापक नेप्से परिसूचक ३.२१ अंकले घटेर २०४८.२६ अंकमा आइपुगेको छ । यस दिन २६७ धितोपत्रको कारोबार हुँदा ११६ ओटा बढेका छन् भने १०० ओटा घटेका छन् । सोमवार २ अर्ब ३३ करोड ३५ लाख रुपैयाँको धितोपत्र कारोबार भएका छन् । यस दिन बैंकिङ समूहको उपसूचक सर्वाधिक घटेको छ भने वित्त समूहको उपसूचक धेरैले बढेको छ ।