Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

राष्ट्र बैंकको कारबाहीमा परे तीन वाणिज्य बैंक

राष्ट्र बैंकको कारबाहीमा परे तीन वाणिज्य बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन कानुनहरु पालना नगर्ने तीन वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकको सुपरीवेक्षण विभागले वाणिज्य बैंक र बैंकका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई स्रोत परिचालन अनुपात कायम नगरको लगायत विषयमा कारबाही गरेको हो ।

प्राइम कमर्सियल बैंकले राष्ट्र बैंकको एकीकृत निर्देशन २०७९ को निर्देशन नम्बर २ बमोजिम कायम गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्था कायम नगरेको तथा क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको विभागले जनाएको छ ।

त्यस्तै इजाजत प्राप्त नम्बर १५–०७९ को व्यवस्थाविपरीत प्रिमियम दर बढाई ब्याज असुल गरेकाले नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १०० को उपदफा २ (क) बमोजिम प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ । त्यस्तै २०७९ माघमा कर्जा–निक्षेप अनुपात कायम नगरेको कुमारी बैंकलाई ५९ लाख ६३ हजार ६९४ रुपैयाँ तथा कात्तिकमा कर्जा–निक्षेप अनुपात कायम नगरेको हिमालयन बैंकलाई १ करोड ३९ लाख ४७ हजार २८ रुपैयाँ जरिवाना गरिएको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x