Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

टोखाका घमन मगर बने ‘जस्मिन पेन्ट्स बम्पर कार योजना’ को विजेता

टोखाका घमन मगर बने ‘जस्मिन पेन्ट्स बम्पर कार योजना’ को विजेता

काठमाडौं, २४ जेठ । ‘जस्मिन पेन्ट्सकोे बहार, बम्परमा कार उपहार’ योजना अन्तर्गत काठमाडौं टोखाका घमन मगरलाई कार प्रदान गरिएको छ । लक्की ड्र मार्फत छानिएका घलेलाई आज राजधानीमा आयोजित एक कार्यएक्रमका बीच जस्मिन पेन्ट्स प्रालिका ब्रान्ड एम्बास्डर महजोडि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयूक्त रुपमा कारको चाबी हस्तान्तरण गरेका थिए । विसं २०७४ साल भाद्र देखी माघ मसान्त सम्म जस्मिन पेन्ट्स खरिद गर्ने उपभोक्ताका लागि यो बम्पर उपहार योजना ल्याएको थियो ।

त्यस्तै हरेक महिना मोटरसाइकल उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत भाद्र महिनाको झापाकी अन्जु पौडेलले स्कुटर जितेकी छिन् । असोजमा नवलपरासी कावासोतीका सन्त बहादुर थारु, कार्तिकमा नवलपरासी, बर्दघाटका गोपाल दुवे, मंसिरमा पोखरा लेखनाथका रचना भुजेल, पुसमा बर्दिया ठाकुरबाबाका इन्दिरा कुमारी थारुले पनि एक एक थान स्कुटर जितेका छन् ।

मनकामना गु्रप अन्र्तगत प्रमुख उद्योग जस्मिन पेन्टस प्रालिले २ दशक भन्दा लामो व्यवसायीक यात्रा पार गरिसकेको छ । विगत ३ बर्ष देखी मह जोडि यस कम्पनीको ब्रान्ड एम्बास्डर रहेका छन् । मह जोडीको साथले कम्पनीका गुणस्तरिय उत्पादनहरुलाई पुर्व मेचि देखी पश्चिम महाकाली सम्म पु्याउन ठुलो गोगदान पुग्ने विश्वास लिएको जस्मिन पेन्ट्स प्रालिका कन्ट्री म्यानेजर रविन शर्मा भुसालले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x