Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

धरहरा पुर्ननिर्माण ः असार ४ गते टेन्डर खोलिने, असार मसान्त नै सिलान्यास गर्ने तयारी

धरहरा पुर्ननिर्माण ः असार ४ गते टेन्डर खोलिने, असार मसान्त नै सिलान्यास गर्ने तयारी

मानमती पाण्डेय, २४ जेठ । करिब ३ वर्ष अघि आएको विनाशकारी भूकम्पका कारण भत्किएको धरहराको पुर्ननिर्माणको लागि यही असार ४ गते टेन्डर खोलिने भएको छ । अहिले ई–टेन्डर बुझाउने क्रम चलिरहेको, नेपाल पुर्ननिर्माण प्राधिकरणका इन्जिनियर राजुमान मानन्धरले जानकारी दिनुभयो ।

अहिले टेन्डर आह्वान गरिएको छ । निर्माण व्यवसायीले अहिले अनलाइन टेन्डर हालिरहनु भएको छ । बुधवार मात्रै पनि हामीले केही प्रि–बिडिङ् बैठक बोलाएका थियौं र केही निर्माण व्यवसायीले केही सुझाव दिनुभएको थियो, मानन्धरले अर्थको अर्थ डटकमलाई जानकारी दिनुभयो । साथै नेपाल पुर्ननिर्माण प्राधिकरणले आगामी महिना नै सबै प्रक्रिया सकाएर मसान्तसम्ममा सिलान्यासको काम अघि बढाउने तयारी गरेको छ ।

हामीले यही असार ४ गते टेन्डर सार्वजनिक गर्नेछौं । टेन्डर प्रक्रिया सकाएर हामी एक हप्ता भित्रै मुल्याङ्कनको काम सकाउनेछौं र प्रधानमन्त्री केपी ओलीबाट नै धरहराको सिलान्यास गराउने तयारी हामीले गरेका छौं । यदी केही बाधा अड्चन आएन भने हामी तोकिएको समय भित्रै सिलान्यास र निर्माणको काम अघि बढाउने छौं, मानन्धरले बताए ।

कंक्रिटको धरहरा

भूकम्पका कारण ढलेको धरहरा पुर्ननिर्माण गरिंदा अब पुरा कंक्रिटको प्रयोग गरिने भएको छ । दुई वर्ष भित्र पुर्ननिर्माण सकाउने उद्देश्य राखिएको छ । ४२ रोपनीमा बन्ने धरहरा सरकारले अब २२ तलाको निर्णय पारित गरेको छ । १९९० को भुकम्प अघि ११ तला भएको धरहरा भुइचालोले भत्काएको २ तला पछि ९ तलामा सिमीत रहेको थियो । अब धरहरामा भ्याङ होइन लिफ्ट चढेर पुग्ने व्यवस्था हुनेछ भने पहिलेको भन्दा मजबुत हुने प्राधिकरणले दाबी गरेको छ ।
यसका साथै अब बन्ने धरहरामा दुई तलाको भूमीगत पार्किङ् हुनेछ भने यसको जग ४८ फिट चौडा हुनेछ भने कुल २२ तलाको चौडाइ क्रमशः घट्दै २४ फिटसम्म जानेछ ।

यस्तो छ निर्माण सक्ने योजना

दुई वर्षमा निर्माण सक्ने गरि करिब ४ अर्ब रुपैंया खर्च लाग्ने अनुमान गरिएको धरहराको निर्माण ठेक्का दिने तयारीमा रहेको पुर्ननिर्माण प्राधिकरणले असार मसान्तमा सिलान्यास भएमा ६ महिना भित्र जगको काम सक्ने योजनामा रहेको छ ।
३ बेसमेन्ट रहने नयाँ धरहराका दुई तला भने भूमीगत रहनेछन् । अर्को असार मसान्तसम्ममा धरहराको बाहिरी संरचना बनाइसक्ने उद्देश्य पुर्ननिर्माण प्राधिकरणको छ । निर्माण योजनाको दुई वर्षमध्ये अन्तिम एक वर्ष भित्र धरहराको रंगरोगन एवं धरहरालाई अन्तिम रुप दिने योजना बनाइएको छ ।

२०७६ को नयाँ आर्थिक वर्ष सुरु भएसँगै धरहरामा मिन्ट अर्थात सिक्का बनाउने तरिका सहितको म्युजियम बनाउने तयारी गरिएको छ । वि.सं २०७६ मा स्थापना गरिने उक्त संग्राहलयमा नेपालका ऐतिहासिक सिक्काका साथै ती सिक्का बनाउने तरिका पनि देखाउने तयारी पुर्ननिर्माण प्राधिकरणको छ ।

विदेशी निर्माण कम्पनीको टेन्डर कोटेसनको अपेक्षा गरिरहेको पुर्ननिर्माण प्राधिकरणले निर्माण कम्पनीलाई २ वर्षको समय मात्रै दिने र समयमा नै काम पुरा गर्न नसकेमा ०.०५ प्रतिशतका हिसावले क्षतिपूर्ती असुल गरिनेछ । पुर्ननिर्माण पछि सञ्चालनमा आउने धरहराको स्वामित्व नेपाल सरकार मै रहने पनि प्राधिकरणले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x