युनिलिभरको एक कित्ता शेयर खरिद गर्नेले १८ हजार कमाए, प्रतिफल विहिन विशाल बजार र चन्द्रागिरिमा लगानीकर्ताको आकर्षण

काठमाडौं, २३ साउन । एक वर्षअघि २१ विन्दुभन्दा माथि रहेको धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक अहिले साढे २ हजार विन्दुमा ओर्लिएको छ । यो बिचमा उतारचढाव आएर बजार १८ सयको विन्दुमा पनि झ¥यो । बजारमा उतारचढाव जति आए पनि दोस्रो बजारको कारोबारमा यस्ता पनि कम्पनी छन्, जुन कम्पनीको शेयर एक वर्ष अगाडि किन्दा पनि लगानीकर्तालाई अहिले फाइदा छ ।
यस्तै कम्पनी हो युनिलिभर । यो कम्पनीको १ वर्षअघि एक कित्ता सेयर खदिर गरेका लगानीकर्ताले अहिलेसम्म १८ हजार रुपैयाँभन्दा बढी कमाएका छन् । गत वर्षको साउन २३ गते प्रतिकित्ता १९ हजार रुपैयाँ थियो । तर, २०८० साउन २२ गतेको कारोबरलाई हेर्दा यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३६ हजार ५० रुपैयाँ पुगेको छ ।
यो कम्पनीले गत वर्ष प्रतिशेयर एक हजार २१५ रुपैयाँ नगद लाभांशसमेत दिएको थियो । कम्पनीले दिएको नगद लाभांश र एक वर्षअघिको लागानी र अहिलेको बजार मूल्य हिसाब गर्दा लगानीकर्ताले १८ हजार २६५ रुपैयाँ कमाएका छन् ।
तर, पछिल्लो सयम लगानीकर्तालाई प्रतिफल नै नदिने कम्पनीहरूको शेयरमा आकर्षण बढ्न थालेको छ । जसको उदाहरण हो, विशाल बजार कम्पनी र चन्द्रागिरि हिल्स । यी कम्पनीको शेयरमा लगानीकर्ता आकर्षित भएको देखिन्छ । यी कम्पनीले हालसम्म लगानीकर्तालाई प्रतिफल दिएका छैनन् ।
गत वर्षको साउन २३ गतेको तुलनामा यही साउन २२ गतेसम्म विशाल बजारको शेयर मूल्य १६८ रुपैयाँ र चन्द्रागिरि हिल्सको शेयर मूल्य प्रतिकित्ता १९५ रुपैयाँ बढेको छ ।
गत वर्ष प्रतिकित्ता तीन हजार रुपैभन्दा बढी शेयर मूल्य भएका लघुवित्तको शेयर मूूल्य भने लगभग ५० प्रतिशतले नै घटेको छ । लघुवित्तको विषयमा बजारमा नकारात्मक समाचार प्रवाह हुँदा शेयर मूल्यमा पनि प्रभाव परेको देखिन्छ ।
सर्वाधिक शेयर मूल्य भएका लघुवित्तहरूमा महिला, जाल्पा, नेष्डो लगायतको शेयर मूल्य अत्याधिक घटेको छ ।
हिमालयन डिष्टिलरीका लगानीकर्ताले पनि एक वर्षको बिचमा अत्याधिक गुमाएका छन् । शेयर बजारमा राज गर्दै आएको हिमालयन डिष्टिलरीमा अहिले लगानीकर्ताको आकार्षण देखिन छोडेको हो । यो कम्पनीको शेयर मूल्य प्रतिकित्ता दुई हजार १९६ रुपैयाँ रहेको छ । गत वर्षको साउनमा यो कम्पनीको शेयर मूल्य ३८ सय रुपैयाँभन्दा बढी थियो ।